भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको निधन भएको छ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले ट्ववीट गर्दै ६३ वर्षिय मनोहरको निधन भएको जानकारी दिएका हुन्।
लामो समयदेखि पेटको क्यान्सरबाट पीडित मनोहरको आइतबार साँझ निधन भएको हो।
पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन्।
Extremely sorry to hear of the passing of Shri Manohar Parrikar, Chief Minister of Goa, after an illness borne with fortitude and dignity. An epitome of integrity and dedication in public life, his service to the people of Goa and of India will not be forgotten #PresidentKovind
— President of India (@rashtrapatibhvn) March 17, 2019
भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्रीसमेत बनेका थिए। तर, गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए।
उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहेका थिए। भारतमा उनलाई स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।