अलपत्र परेका निशान्तको पुनाबाट उद्धार

बिएल

पुनाको रेल्वे स्टेशनमा अलपत्र अस्थावमा भेटिएका निशान्त मगरलाई प्रवासी संघ भारत कोथरुड नगरसमिति र महाकाली सेती टुर एण्ड ट्रावल्सको सहयोगमा उद्धार गरिएको छ। झापा जिल्ला दमक नगरपालिका ५ बेलडाडीका १३ वर्षीय निशान्त ६ महिना अघि घर जाने क्रममा स्टेशनबाट आफन्तसँग छुटिएका थिए।

पुनामा अलपत्र अवस्थामा भेटिएपछि निशान्तलाई सिन्धु ताइ अनाथ आश्रम हडपसार मांजरी बुन्द्रुकमा राखिएको थियो। उनलाई संघ–संस्थाको सहयोगमा उद्धार गरेर आफन्तसँगको सहकार्यमा नेपाल पठाइएको पुनाका समाजसेवी तथा पत्रकार बलबहादुर जयगडीले जानकारी दिए।

निशान्त रोजगारीको लागि पुना आएका थिए। उनको उमेर १८ मुनि भएकाले काम पाउनन सकेनन्। गाउँका आफन्तसँगै घर हिडेका उनी रेल्वे स्टेशनमा छुटिएको गाउँलेहरुले जानकारी दिए।

बालकलाई आफन्तसम्म पु¥याउन सुदुरपश्चिमेली नेपाली समाज महाराष्ट्र कला, संस्कृतिक बिभाग प्रमुख शंकर खतिवडाले दमक प्रहरी चौकीलाई जानकारी गराएका थिए। लगतै प्रनेसंघको समूहले आश्रम स्थल पुगेर उद्धारबारे जानकारी लिएको थियो।

आवस्यक कागजात र आफन्तसँग सम्पर्क गर्न लामो समय लागेको प्रनेसंघ कोथरुड नगरसमिति सचिव जंगबहादुर परिवार जानकारी दिए। नेपालबाट आएका आफन्त र निशान्तको टिकट तथा खाना खर्चको लागि प्रनेसंघबाट जंगबहादुर परियार, कमल खड्का, हरिश बिक, सुरेस मास्टर, दिपक मास्टर, ट्रावल्सले टिकटसहित आर्थिक र प्रनेसंघ कोथरुड नगरसमितिले समेत सहयोग गरेको हो।

निशान्तलाई बिदाइ गर्न बसपार्क बावधनमा लोकेश ओड, तपेन्द्र ताम्राकार, बिष्णु जोशी, राम जि परियार, मेखराज जोशी, टेकेन्द्र शाह प्रनेसका जङ्गबहादुर परियार,कमल खड्का, हरिश बिक, दीपक मास्टर, सुरेस मास्टर, महाकाली सेती टुर एण्ड ट्रावल्सका संचालक कर्मचारी तथा प्रनेसंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2019-12-02 22:11:01

प्रतिकृया दिनुहोस्