वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने उत्तर कोरियाको चेतावनी

तस्बिरः एजेन्सी

पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको उत्तर कोरियाले जापानी प्रधानमन्त्रीलाई वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने चेतावनी दिएको छ।

उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त परीक्षणपछि जापानी प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियाले बारम्बार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै निन्दा गरेपछि उक्त चेतावनी दिएका हुन्।

उत्तर कोरियाले एकैपटकमा एकभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्न सक्ने ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को परीक्षण गरिएको दाबी गरेको छ ।

जापानी प्रधानमन्त्री अबेले काेरिया ‘मन्दबुद्धि’ र ‘राजनीतिक कदबिनाको नेता’ को संज्ञा दिंदै आफ्नो हतियार परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाएका छन्।

प्रकाशित मिति: : 2019-12-01 14:45:24

प्रतिकृया दिनुहोस्