इराकमा सुरक्षा फौजसँग प्रदर्शनकारीको झडप: ६ जनाको मृत्यु, एकसय भन्दा बढि घाइते

फाइल तस्बिर

इराकका दक्षिणी सहर बसरा र नसिरियामा सुरक्षा फौजसँग प्रदर्शनकारीको झडप हुँदा ६ जनाको मृत्यु भएको छ। एकसय भन्दा धेरै घाइते छन्।

इराकी मानवअधिकार आयोगका अनुसार प्रदर्शनकारी र सुरक्षा फौजबीच राजधानी बगदादमा पनि झडप भएको छ। इराकमा केही सातादेखि आधारभुत आवस्यकता लगायत रोजगारी, भ्रष्टाचार अन्त्य गर्नुपर्ने भन्दै आम मानिसहरु आन्दोलित हुँदैआएका छन् ।

सुरक्षाफौजसँगको झडपमा उम्म कुस्रमा तीनजना प्रदर्शनकारी मारिए। साथै ७८ जना घाइते छन्। यस्तै नसिरियामा तीनजना मारिए। ७१ घाइते छन।

प्रदर्शन भएदेखि नै अहिलेसम्म इराकमा ३ सय ३० जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2019-11-25 15:26:26

प्रतिकृया दिनुहोस्