अधिकार कार्यन्यनका लागि एकजुट हुनुपर्छ: विश्वकर्मा

बिएल

दलित जनजागृती महासंघ भारतको आयोजनामा मुम्ब्रा (ठाणे) शाखा कमिटि गठन गरिएको छ।

शुक्रबार बसेको भेलाले शाखाको अध्यक्षमा उमेश लामिछाने, उपाध्यक्ष दिलिप विश्वकर्मा, सचिव पदम विश्वकर्मा, सहसचिव भरत विश्वकर्मा, कोषाध्यक्षमा हेमन्त लामिछाने, सदस्यहरुमा रमेश विश्वकर्मा, ईन्द्र परियार, रागब विश्वकर्मा र सुन्दर लामिछाने चयन गरेको हो।

शाखा कमिटिमा रामबहादुर विश्वकर्मा प्रमुख सल्लाहकार, कुलेन्द्र विश्वकर्मा, डबल लामिछाने, प्रकाश विश्वकर्मा, रतन परियार लगायत सदस्य रहेको मुम्ब्रा शाखा गठन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रवीणसिंह विश्वकर्माले दलित समुदायलाई राज्यले पूर्ण रुपमा सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक लगायत अन्य अधिकारहरु दिनुपर्ने बताए। बिभिन्न संर्घष र बलिदानबाट प्राप्त गरेको अधिकारलाई कार्यन्यन गर्न दलितहरु एकजुट हुनुपर्नेमा जोड दिए।

दलित जनजागृती महासंघका केन्द्रीय अध्यक्ष प्रेम परियारले दलितहरुले पाएको अधिकारसँगै आफ्नो कर्तब्य पनि पालना गर्न आग्रह गरे। त्यस्तै जनजागृती महासंघ भारतका केन्द्रीय महासचिव कमल अछामीले जातिय बिभेदविरुद्ध आवज उठाउन सबै दलित समुदाय र अग्रज अभियन्ताहरु एउटै कित्तामा उभिनु पर्ने बताए।

प्रकाशित मिति: : 2019-11-22 21:37:49

प्रतिकृया दिनुहोस्