गोतवया बने श्रीलंकाका नयाँ राष्ट्रपति, दाई महिन्द्रालाई प्रधानमन्त्री चुन्ने

तस्बिरः एजेन्सी

श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जीत हासिल गरेका छन्। उनि पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षका भाई हुन्।

श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय राजापाक्षेले नरमपन्थी सजिथ प्रेमदासालाई उछिनेका छन्। वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदासाले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन्।

मतपरिणाममा ७० वर्षका राजापाक्षले पहिले आशा गरिएजस्तै सिन्हाला वौद्ध बहुसंख्यकबाट धेरै मत पाएको देखिएको छ। तर अल्पसंख्यकहरुको सघन बसोबास रहेको क्षेत्रमा भने राजापाक्षले निक्कै कम मत पाएका छन् ।

तमिल विद्रोहीहरुसँग गृहयुद्ध चरम अवस्थामा हुँदा गोतबया रक्षा सचिवको महत्वपूर्ण जिम्मेवारीमा थिए। त्यस समय उनका दाई महिन्द्रा राजापाक्षे भने राष्ट्रपति थिए। गोतबयाले चुनावी ¥यालीको क्रममा आफ्ना दाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री चुन्ने वाचा गरेका थिए।

 

प्रकाशित मिति: : 2019-11-17 13:45:14

प्रतिकृया दिनुहोस्