चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ

तस्बिरः एजेन्सी

हङकङमा चीनले आफ्ना जनमुक्ति सेना तैनाथ गरेको छ।

६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ । शनिबार मात्रै ती सेनाले हङकङका सडकमा अवरोध हटाउँदै छन् । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो। हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

अहिले भने चीनले यसरी तैनाथ गरेको कार्य हङकङको कानून सम्मत मानिदैन। हङकङ प्रदर्शनलाई नियन्त्रण लिन सेनाहरु खटाइएको आशंकाबीच जनमुक्ति सेनाका अधिकारीहरुले हङकङ आन्दोलनसँग आफ्नो लिनुदिनु केही नरहेको बताएका छन्।

हाल सडकका अवरोधहरु हटाउन सहयोग गरिरहेका चिनियाँ सेनाले आफूहरु हिंसा र अराजकता अन्त्य हुनुपर्ने पक्षमा रहेको बताएका छन्।

हङकङको सानो संविधानको रुपमा मानिएको ग्यारिसन कानुन अनुसार चिनियाँ जनमुक्ति सेनाले हङकङको आन्तरिक विषयमा अवरोध गर्न पाउँदैन।

कानुन अनुसार सेनाले हङकङमा प्राकृतिक विपत्ति आए, प्रकोप आए सहयोग भने गर्न पाउनेछन्।

विवाद के थियो?
परिवर्तनमा मूख्य भूमि चीन ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको छ।

ताइवानमा विदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो।

ल्याम सहित हङकङका अधिकारीहरूले शहरलाई अपराधीहरूबाट बचाउन त्यस्तो कानून आवश्यक रहेको बताउँछन्।

तर कैयौँले चिनियाँ राज्यका राजनीतिक विपक्षीहरूलाई लक्षित बनाउन प्रयोग हुन सक्ने त्रास व्यक्त गर्छन्।

प्रकाशित मिति: : 2019-11-16 18:09:45

प्रतिकृया दिनुहोस्