नेपालले एक अमेरिकी नागरिकलाई पक्राउ गरी अमेरिका नै फिर्ता पठाइ दिएको घटनाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा चिसो पसेको छ ।
काठमाडोैंस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको प्रतिक्रिया दिएकी छिन् । उनले विदेशी सरकारको अनुरोधअनुसार यसो गरिनु थप चिन्ताको विषय भएको बताउँदै उनले घटनाका बारेमा नेपाल सरकारसँग थप तथ्य मागेको बताइन् ।
शनिबार पेम्पा छिरिङ नाम गरेका एक अमेरिकी नागरिकलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अमेरिका फर्काइ दिएको थियो । उनी तिब्बती धर्मगुरु दलाई लामाको निर्वासित सरकारका सभामुख पेम्पा छिरिङ भएको ठानेर नेपाल सरकारले यस्तो गरेको थियो ।
नेपालस्थित चिनियाँ दूतावासले गरेको आग्रहअनुसार पेम्पालाई अध्यागमन कार्यालयले कालो सूचीमा राखेको छ।
नाम एउटै, उमेर पनि लगभग मिलेपछि नेपाललाई के चाहियो र ? अमेरिकी नागरिकलाई अमेरिका नै फर्ता पठाइ दियो ।
यो घटनाले नेपाल सरकारको अनुसन्धान विभागको हबिगत त थाहा भयो नै यसले पार्ने प्रभावलाई कसरी न्युनिकरण गर्ने हो ? टाउको दुखाइको विषय बन्न सक्छ ।
सम्भवत: यही कारण देखाएर गृहमन्त्री रामबहादुर थापालाई राजिनामा गराउन वा बर्खास्त गर्न पनि सकिने सम्भावना बढेको छ । त्यसो भएन भने पनि मन्त्रिपरिषद पुनर्गठनको नाममा उनलाई विदाइ गर्ने सम्भावना बढेको बताइएको छ ।