शिव सेना पक्षले भाजपासँग गठबन्धन तोड्यो,अब एनसीपी र कांग्रेसको सहयोग लिने

तस्बिरः एजेन्सी

शिव सेना पक्षले भारतीय जनता पार्टीसँगको गठबन्धन तोडेको छ। महाराष्ट्र राज्यमा चुनावी गठबन्धन गरेका यी दुई पार्टीले सरकार बनाउन पनि गठबन्धनको सहमति गरेका थिए।

शिव सेना र भाजपाबीच मुख्यमन्त्रीमा सहमति नजुटेपछि दुबै पार्टीले गठबन्धन तोडेका हुन्। शिव सेनाले ५०–५० को सुत्र अघि सारेपछि भाजपाले निरन्तर असन्तुिष्ट व्यक्त गर्दै आएको थियो ।

शिव सेना महाराष्ट्र सरकारको नेतृत्व गर्न इच्छुक देखिन्छ। भाजपाको सर्मथन पाउने अवस्था नदेखेपछि सेनाले गठबन्धन तोडेको –भाजपाका नेताहरु बताउछन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रीय मन्त्री बनेका शिव सेनाका नेता अराविन्द सावन्तले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

यता महाराष्ट्रमा शिवसेना पक्षलाई सरकार गठनका लागि राज्यपालले निम्तो दिएको मुम्बईका सचारमाध्यमहरुले बताएका छन्। भाजपाले सरकार गठन गर्न अस्वीकार गरेपछि राज्यपालले शिवसेनालाई निम्तो दिएका हुन्।

सरकार बनाउन शिव सेनाले एनसीपी र कांग्रेसको सहयोग लिने लगभग पक्का भएको छ। केहीदिन पहिले एनसीपी र कांग्रेसले भाजपासँगको गठबन्धन तोड्न शिव सेनालाई सुझाब दिएका थिए।

प्रकाशित मिति: : 2019-11-11 12:45:20

प्रतिकृया दिनुहोस्