महाराष्ट्रमा बन्ला त शिव सेनाको सरकार ?

तस्बिरः एजेन्सी

कांग्रेस विधायकहरु शिव सेनासँग मिलेर महाराष्ट्र राज्यमा सरकार गठन गर्न तयार रहेका छन्। भाजपाले आफूलाई सर्मथन गर्ने अवस्था नदेखेपछि शिव सेनाले महाराष्ट्रमा सरकार बनाउन कुनै कसरतहरु बाँकी नराख्ने अनुमान लगाउन थालिएकाे छ।

निर्वाचनबाट पहिलो पार्टी र पाँच बर्षे कार्यकाल सुखद भएको समिक्षा गरेर सरकारको दाबी गर्दै भाजपाले शिव सेनालाई मुख्यमन्त्री छाड्ने पक्षमा छैन। यसो त शिव सेनापनि मुख्यमन्त्रीबाट पछि नहट्ने संकेत दिसकेको छ। यसपटक शिव सेना सरकारको नेतृत्व गर्न निकै इच्छुक देखिन्छ। मत परिणम लगतै आफूहरुको हैसियत प्रतिपक्षमा बस्ने बताउने एनसीपी भने शिव सेनासँग उदार नै रहेको बुझिन्छ।

एकले अर्कोलाई देख्न नसक्ने अवस्थामा रहेका कांग्रेस र शिव सेना भने पछिल्लो समय नजिक हुन थालेको टिका–टिपप्णी सुरु भएको छ। कांग्रेसले भाजपा–शिव सेनाबीच दुरी बढाउन पनि यस्तो निर्णय गर्न सक्ने बताइन्छ। कांग्रेस कतिपय विधायकहरु सरकारमा जान इच्छुक देखिन्छन्। केहि पहिले कांग्रेसका एक विधायकले शिव सेना पक्षसँग मिलेर सरकार बनाउन अध्यक्ष सोनिया गान्धीलाई चिठी समेत लेखेका थिए।

शिव सेनासँग मिलेर महाराष्ट्रमा सरकार बनाउने या नबनाउने भन्ने बिषयको टुंगो अध्यक्ष गान्धीले लगाउने कांग्रेस नेता मल्लिकार्जुन खर्गेले बताएका छन्। 'महाराष्ट्र राजनीतिको रोडम्याप सोनियाले जे निर्णय दिनुहुन्छ त्यही आधारमा तयार हुनेछl', खर्गेले भने।

भारतीय सञ्चारमाध्यमले सोनिया गान्धी शिव सेनाको साथमा सरकार गठन गर्न तयार रहेको उल्लेख गरेका छन्। यदि कांग्रेसले महाराष्ट्रमा, शिव सेनालाई सर्मथन गरेको खण्डमा भारतीय राजनीतिमा नयाँ अध्याय सुरु हुने राजनीतिक बिश्लेषकहरुको तर्क छ।

प्रकाशित मिति: : 2019-11-10 15:43:31

प्रतिकृया दिनुहोस्