नेपाललाई चीनले दिने भयो- दुई अर्ब ४० करोड रुपैयाँको सैन्य सामग्री

नेपाल-चीन सम्बन्ध । प्रतिकात्मक तस्बिर

नेपाललाई चीनले करिब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको सैन्य सामग्री सहयोग गर्ने भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा रहेका बेला सैन्य सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सहमतिमा हस्ताक्षर गर्नुपूर्व नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको केन्द्रीय सैन्य परिषदका सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यसअघि प्रधानसेनापति थापाको सम्मानमा चिनियाँ सेनाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा सम्मान गारत अर्पण गरेको थियो । 
 
नेपाली सेनाका अनुसार चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत सैन्य सामग्री तथा सवारी साधन प्रदान गर्न लागेको हो । 
 
प्रधानसेनापति थापा असार ७ गते स्वदेश फर्कने कार्यक्रम छ । उनी असार १ सप्ताहव्यापि  चीन भ्रमणका लागि बेइजिङतिर लागेका थिए ।
प्रकाशित मिति: : 2019-06-21 06:13:44

प्रतिकृया दिनुहोस्