भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन्।
भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन्।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।
सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।”