तेल कम्पनी अरामको सेयर बजारमा आउँदै

फाइल तस्बिर

विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने तेल कम्पनी अरामकोले सेयरबजारमा आउनका लागि आईपीओ जारी गर्ने भएको छ ।

साउदी अबरको यो तेल कम्पनीले रियाध स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना बनाइसकेको छ । साउदी अबरको शाही परिवारको स्वामित्वमा रहेको यो कम्पनीको लगानी रजिस्ट्रेसनपछि आईपीओ लन्च प्राइस तय हुनेछ ।

कारोबार जगतका सूत्रहरुका अनुसार यो कम्पनीको मौजुदा सेयरमा एक वा दुई प्रतिशत सेयर उपलब्ध गराइनेछ । अरामकोको मूल्य १.३ ट्रिलियन डलर रहेको बताइएको छ ।

कम्पनीले विदेशी सेयरबजारमा लगानी लगाउने कुनै योजना नरहेको पनि स्पष्ट पारेको छ । अरामकोको बोर्ड अध्यक्ष यासिर अल रुम्यानले एउटा पत्रकार सम्मेलनमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय सेयरबजारमा लगानी गर्नेबारेमा आउने समयमा बताउनेछौँ तर अहिलेलाई त्यस्तो योजना छैन ।’

एनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनका अनुसार साउदी अबरमा भेनेजुएलापछि सबैभन्दा बढी तेलको भण्डार छ । तेल उत्पादनमा पनि अमेरिकापछि साउदी अबर दोस्रो स्थानमा छ ।

अरामको दैनिक १० मिलियन ब्यारल कच्चा तेल उत्पादन र ३.५६ लाख मिलियन अमेरिकी डल कमाइ गर्ने विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी हो । रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी अरामकोको २० प्रतिशत सेयर किन्ने घोषणा गरिसकेका छन् । यो भारतकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशमा लगानी हुनेछ ।

यता साउदी अबर अरामकोको अर्थव्यवस्थाको निर्भरता तेलमा कम गर्न सेयर बेच्न चाहेको हुन सक्ने बताइएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमान आफ्नो भिजन २०३० अनुसार देशको अर्थव्यवस्था छुट्टाछुट्टै क्षेत्रमा लगाउन चाहन्छन् ।

डेबिट हन्टरका अनुसार साउदी अबर आफ्नो मरुभूमि प्रयोग गरेर सौर्यऊर्जा उत्पादनमा अगाडि बढाउन चाहन्छ । उनका अनुसार अरामकोका लागि भविष्यमा मुस्किलको सामना गर्ने पस्थिति आउन सक्छ किनकि यतिखेर इन्धनको आम्दानीबाट लगानी कम हुँदै गइरहेको छ तर उसले अन्य नयाँ विकल्पहरु खोजीमा छ ।

आर्थिक विश्लेषक कमर आगा अरामकोको आईपीओमार्फत सेयर बेच्ने सोच सकारात्मक रहे पनि यसले कतिलाई आकर्षिक गर्न सक्छ भन्ने कुरा थाहा पाउन अझै कुनुपर्ने बताउँछन् । यदि यो आईपीओले लगानीकर्तालाई आकर्षित गर्न नसकेको खण्डमा यसको ठूलो घाटा स्वयं साउदी अरबलाई पर्ने उनको तर्क छ ।

प्रकाशित मिति: : 2019-11-05 08:34:47

प्रतिकृया दिनुहोस्