शिवसेना– कुनै तनावमा छैन !

तस्बिरः एजेन्सी

महाराष्ट्र विधानसभा चुनावको नतिजा आएको हप्तादिन हुँदापनि नयाँ सरकारको गठन हुन सकेको छैन । भारतीय जनता पार्टी– शिवसेना गठबन्धनले महाराष्ट्रमा सरकार बनाउन बहुमत पाएका छन् तरपनि मुख्यमन्त्री कुन दलले पाउने भन्नेमा बिबाद कायमै छ ।

भाजपाले सरकारको नेतृत्व फेरिपनि आफूले पाउनु पर्ने दाबी गरेको छ भने, शिवसेना सत्तामा पचास पचासको सूत्रमा अडिग देखिन्छ । निर्वाचनपछि मत परिणाम आइसक्दा पनि सरकार बनाउन नसकेको भन्दै अन्य राजनीतिक दलहरुले आलोचना गरिरहेका छन् ।

भाजपा–शिवसेनाले आ–आफ्नो अडान कायमै राख्दा सरकार बनाउने दोस्रो बिकल्पका बारेमा समेत बसह सुरु भएको देखिन्छ । यस्तो अबस्थामा समेत शिवसेना कुनैपनि तनाव मोडमा नभएको सामाना पत्रिकाले स्पष्ट पारेको छ । महाराष्ट्रको सत्ता शिवसेनाकै रिमोट कन्ट्रोलमा रहेको उसको तर्क छ ।

चुनाव नतिजाले धेरै सिट जितेर भाजपा ठूलो पार्टी बनेपनि महाराष्ट्रको सत्ता आफ्नै हातमा रहेको शिवसेनाको दाबी छ । सत्ता साझेदार दल बीचमै सरकार बनाउने बिषयमा सहमति नजुटेपछि शिवसेना पक्ष प्रमुख उद्धव ठाकरेले केहिदिन अघि भाजपा–शिवसेना बैठक बहिस्कार समेत गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-02 13:30:35

प्रतिकृया दिनुहोस्