९९ वर्षकी ‘योग हजुरआमा’को निधन

योग शिक्षिका भी नानाम्मल l तस्बिरः एजेन्सी

भारतकी सबभन्दा धेरै उमेरकी योग शिक्षिका भी नानाम्मल ‘योग हजुरआमा’को निधन भएको छ ।

९९ वर्षकी नानाम्मलको दक्षिणी राज्य तमिल नाडुस्थित कोइम्बतोर नगरमा आफ्नै घरमा आइतबार निधन भएको हो।केही महिना अघिसम्म पनि उनले दैनिक सयौँ विद्यार्थीहरूलाई योग सिकाइरहेकी थिइन्।

पछिल्ला वर्षहरूमा उनी युट्युबमा प्रख्यात भएकी थिइन्।प्रायः गुलाबी रङ्गको सारी लगाउने उनले युट्युबमा कठिन लाग्ने योगासनहरूको प्रदर्शन गरिरहन्थिन्।

एक साताअघि उनी आफ्नो खाटबाट लडेकी थिइन्।त्यसपछि उनको स्वास्थ्य बिग्रँदै गएको उनका परिवारजनले बताएको पीटिआइ समाचार संस्थाले जनाएको छ।

नानाम्मलले संचार माध्यमहरुमा कुराकानीका क्रममा आफ्नो स्वस्थ जीवनको मूल कारण आफ्नो दैनिक योग अभ्यास रहेको बताएकी थिइन्।

प्रकाशित मिति: : 2019-10-27 15:11:56

प्रतिकृया दिनुहोस्