सीपीएलमा सन्दीप बार्बाडसबाट खेल्ने, करिब ८० लाख पाउने

तस्बिरः एजेन्सी

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस ट्राइडेन्टसबाट खेल्ने भएका छन्।

बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेसँगै सन्दीपले लगातार दोस्रो पटक सीपीएल खेल्न लागेका हुन्।

पाँचौ राउण्डमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्नछन्।

ड्राफ्टमा सन्दीपबाहेक युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलसहित चार जना खेलाडी परेका छन्।

यस संस्करणको सीपीएल आगामी ४ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ।

सन्दीपले अघिल्लो सिजनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए। यो सँगै उत्कृष्ट प्रदर्शन गरेका सन्दीप उदीयमान प्रतिभा समेत घोषित भएका थिए।

सन्दीपले अहिलेसम्म आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश) मा सहभागिता जनाइसकेका छन्।

प्रकाशित मिति: : 2019-05-22 21:10:59

प्रतिकृया दिनुहोस्