पोखराबाट नौ जुवाडे पक्राउ

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

उनिहरुको साथबाट तासका गड्डी र नगद बरामद गरिएको छ ।

जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-27 14:17:02

प्रतिकृया दिनुहोस्