मनोक्रान्ति प्रवर्तक हुनुहुन्छ, डा. योगी विकाशानन्द । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क बृहत् योग शिविरमा प्रमुख प्रशिक्षकको रुपमा लमजुङको सुन्दरबजार पुग्नुभएका उहाँसँग योग, ध्यान, अध्यात्म र प्रेमका विषयमा केन्द्रित रही उज्यालोका लमजुङ सहकर्मी श्यामशितल परियारले संक्षिप्त कुराकानी गर्नुभएको छ ।
नमस्कार । कुराकानीमा यहाँलाई स्वागत छ ।
धन्यवाद ।
आराम हुनुहुन्छ ?
अद्भूत् छु । (लामो हाँसो...)
यहाँको हाँसो बडो लोभलाग्दो छ है ?
हजुर । लोभ लगाउनु हुँदैन, हाँसिहाल्ने । (हाँसो...)