शरण खोज्दै फिलिपिन्समा छिर्न खोजेकी इरानी सुन्दरी एक सातादेखि एयरपोर्टकै हिरासतमा

तस्बिरः एजेन्सी

शरण खोज्दै फिलिपिन्समा छिर्न खोजेकी इरानी सुन्दरी बहरे जार बहरीलाई एक सातादेखि हिरासतमा राखिएको छ ।

सन् २०१८मा इरानको ‘मिस इन्टरनेश्नल पेजेन्ट’बिजेता बहरीलाई आफ्नो देशमा गम्भीर प्रकृतिको मुद्दा लगाइपछि शरण खोज्दै फिलिपिन्समा छिर्न खोज्दा पक्राउ गरी हिरासतमा राखिएको हो ।

उनलाई फिलिपिन्सको मनिलास्थित निन्यो अक्विनो इन्टरनेश्नल एयरपोर्टमा हिरासतमा राखिएको छ । उनलाई विमानस्थलमा प्रवेशआज्ञा दिइएको छैन ।

इन्टरपोल रेड नोटिसका कारण उनलाई फिलिपिन्स छिर्न नदिइएको हो ।

यद्यपी बहरीले आफुमाथि लागेको मुद्दा अस्विकार गर्दै आइरहेकी छिन् । उनले आफूले प्रतिपक्षी आवाज उठाएकाले मुद्दा लगाइएको भनाई राखेकी छिन् ।

प्रकाशित मिति: : 2019-10-26 07:54:24

प्रतिकृया दिनुहोस्