जम्मू-कश्मीर आक्रमणमा दुई जना गाेर्खा सैनिककाे ज्यान गयाे

Photo Credit :ADG PI - INDIAN ARMY

भारतीय सेनाले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै आइतबार जम्मू–कश्मीरको कुपवारा जिल्लामा गरेको आक्रमणमा दुई जना गोर्खा सैनिकको ज्यान गएको छ । आक्रमणमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् । ज्यान गुमाउने जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ ।

भारतीय सेनाका प्रधान सेनापति जनरल विपिन रावतले दुई जना सैनिकको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

गएको अगष्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत-पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

 

प्रकाशित मिति: : 2019-10-21 14:28:08

प्रतिकृया दिनुहोस्