अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा ६२ जनाको मृत्यु

Photo Credit : Reuters

अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा भएको उक्त विस्फोटमा ३६ जना घाइते भएको प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले बताए।

विस्फोटनमा मस्जिदको छत नै खसेको थियो । प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटन सुनेको बताएका छन्।उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन।तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो।

जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो।

प्रकाशित मिति: : 2019-10-18 23:15:09

प्रतिकृया दिनुहोस्