आइएसका नेताको भिडियो सार्वजनिक: हारको बदला लिन श्रीलंकामा आक्रमण गरेको दाबी

अबु बाक्र अल–बग्दादी

स्लामिक बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले आफ्ना नेता दाबी गरिएका व्यक्तिको भिडियो सार्वजनिक गरेको छ ।

आइएसले पछिल्लो पाँच वर्षमा पहिलोपटक आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिरै छोड्ने चेतावनी दिएका छन् ।

भिडियो फुटेजमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् । भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट भएको छैन, तर आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो ।

अल–बग्दादीले इस्टरको दिन (अप्रिल २१) श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति: : 2019-04-30 09:51:08

प्रतिकृया दिनुहोस्