पाकिस्तानको खैबर पख्तुनख्वामा सोमवार ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
नेसनल सीइस्मिक मोनिटरिङ सेन्टरका अनुसार भूकम्पको झड्का पेशावर, मालाकन्द, मर्दान, चारसड्डा लगायतका क्षेत्रमा अनुभव गरिएको थियो ।
अफगानिस्तानको हिन्दू कुश क्षेत्रमा १५७ किलोमिटरको गहिराइबाट भूकम्प आएको बताइएको छ ।भूकम्पका कारण ठाउँठाउँमा सडकहरू चिरिएका छन् ।
थप क्षतिको बिबरण आउन बाँकी रहेको छ ।