किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट

AFP

उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्।

उनीहरू बीच बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा पहिलो पटक भेट भएको हो।

दुई नेताको शिखरवार्तामा रुसले दुई पक्षबीच कोरियाली प्राय:द्वीपको 'परमाणु समस्या'को विषयमा वार्ता हुने बताएको छ। 

तर किमले चाहिँ अमेरिकासँग वार्ता विफल भएपछि अब रुसको समर्थन खोज्ने अपेक्षा गरिएको छ। 

डोनल्ड ट्रम्प र किमले यो वर्षको सुरुमा हानोईमा उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमबारे शिखरवार्ता गरेका थिए। तर उनीहरूको बैठक कुनै सहमतिबिना सकिएको थियो।

प्रकाशित मिति: : 2019-04-25 13:05:00

प्रतिकृया दिनुहोस्