पाकिस्तानी सेनाको नियन्त्रणबाट भारत फर्किएका अभिनन्दनको मेरुदण्डमा चोट

बिबिसी

पाकिस्तानी सेनाको हिरासतबाट मुक्त भई स्वदेश फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानको मेरुदण्डमा चोट लागेको एमआरआई मेडिकल रिपोर्ट आएको छ ।

पाकिस्तानी सेनाले अभिनन्दनले उडाइरहेको मिग २१ विमान खसालेपछि जमिनमा ओर्लिने क्रममा अभिनन्दनको मेरुदण्डमा चोट लागेको भारतको समाचार संस्था पीटीआईले जनाएको छ ।

उनको दिल्ली क्यान्टोनमेन्टमा रहेको रिसर्च एण्ड रिफरल अस्पतालमा आगामी १० दिनसम्म उपचार हुनेछ ।

मेडिकल रिपोर्टमा अभिनन्दनको शरिरमा पाकिस्तानी सेनाले जासुसीका लागि कुनै पनि उपकरण जडान नगरेको समेत मेडिकल रिपोर्टमा जनाइएको छ ।

गत शुक्रबार स्वदेश फर्केका उनले आफ्ना परिवारका सदस्यलाई भेटिसकेका छन् भने आइतबार उनले भारतीय अधिकारीलाई पाकिस्तानमा भएको घटनाबारे जानकारी दिएका छन् ।

उनको मनोवैज्ञानिक परामर्श भइरहेको र त्यसपछि पूर्ण रुपमा फिट भएपछि मात्रै उनले आफ्नो जिम्मेवारीमा पुनः फर्किने बताइएको छ ।

प्रकाशित मिति: : 2019-03-03 21:44:03

प्रतिकृया दिनुहोस्