चिनियाँ सीले क्युबाका नवनिवार्चित राष्ट्रपति केनेललाई शुभकामना सन्देश पठाए

तस्बिरः एजेन्सी

क्युबा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव राउल कास्त्रो रुज र क्युबाका नवनिवार्चित राष्ट्रपति मिगुएल डिलाई केनेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङन शुभकामना सन्देश पठाएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी महासचिव समेत रहनु भएका सीले आधा शताब्दी भन्दा बढी समयदेखि चीन र क्युबाका जनताले गहिरो मित्रता रहेको बताएका छन्।

दुई देशबीच असल मित्र, राम्रो साझेदार र भाइचाराको सबन्ध रेहको चिनियाँ राष्ट्रपतिले बताउनु भएको छ । एक अर्कालाई ईमानदारी र आपसी विश्वासका साथ व्यवहार गर्न सक्ने पनि उनले बताएका छन् ।

सीले चीन र क्युबा सम्बन्धको विकासलाई ठूलो महत्व दिएका छन् । सीले पनि राष्ट्रपति दियाज केनेलसँग द्विपक्षीय सहयोगको चौड़ाई र गहिराई विस्तार गर्न र द्विपक्षीय सम्बन्धको स्थिर र दिगो विकासको लागि जोड दिन संयुक्त प्रयास गर्न तयार रहेको कुरा पनि बताएका छन् ।

प्रकाशित मिति: : 2019-10-11 13:31:25

प्रतिकृया दिनुहोस्