मलेसियाको जेलमा रहेका एक नेपालीको ११ बर्षको कैद सजाय माफ

तस्बिरः एजेन्सी

मलेसियाको मलाका राज्यको सरंगाई उडांगा जेलमा रहेका एक नेपालीको ११ बर्षको कैद सजाय माफ भएको छ ।

नेपाली दूतावास, क्वालालम्पुरका अनुसार सन् २०१२ को अगष्ट १४ मा मलेसियामा पक्राउ परेका लहान,सिरहाका सुभेकलाल चौधरीको कैद सजाय माफि भएको हो ।

चौधरीलाई सन् २०१५को जनावरी २६ मा मलाका उच्च अदालतले मलेसियन पेनल कोडको दफा ३०४ (क) को अभियोगमा दोषी ठहर्याई १५ बर्षको जेल सजाय सुनाएको थियो ।

४ बर्ष जेल जीवन बिताएका चौधरी मंगलबार नेपाल फिर्ता भएको दूतवासले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-10 21:38:30

प्रतिकृया दिनुहोस्