पाकिस्तानका प्रधानमन्त्री र तालिवान लडाकुका शीर्ष कमाण्डरबीच भेटवार्ता

तस्बिरः एजेन्सी

अफगानिस्तानस्थित तालिवान लडाकुको एक टोलीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेको छ ।

तालिवान लडाकुका शीर्ष कमाण्डर मुल्ला अब्दुल गनी बरादर नेतृत्वको ११ सदस्यीय अफगान तालिवानको टोलीले प्रधानमन्त्री खानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

बिहीबार दिउँसो भएको भेटवार्तामा पाकिस्तानका सेना प्रमुखसमेत सहभागी रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री र प्रधानसेनापतिलाई भेट्नुअघि तालिवान टोलीले विदेश मन्त्री शाह महमुद कुरैसीलाई भेटेको थियो ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी अफगान तालिवानसँगको भेटमा शान्ति प्रक्रिया र आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ ।


को हुन् बरादर ?

पाकिस्तानको जेलमा आठ वर्षसम्म थुनिएका मुल्ला अब्दुल गनी बरादर गत वर्ष रिहादभएका थिए । उनी सन् २०१० मा कराँचीबाट पक्राउ परेका थिए । सोही वर्ष उनी कतारस्थित तालिवान पोलिटिकल अफिसको प्रमुख नियुक्त भएका थिए ।

यसै क्रममा पाकिस्तानका विदेशमन्त्री कुरैसीले पाकिस्तान र अफगानिस्तानबीच धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहेको तर अफगानिस्तानले विगत ४० वर्षदेखि अस्थीरता झेलिरहेको बताए । उनले भने, युद्ध कुनै पनि समस्याको समाधान होइन भन्नेमा पाकिस्तान स्पष्ट छ र वार्ता नै अफगानिस्तानमा शान्ति स्थापना गर्ने एकमात्र माध्यम हो । हामीलाई यो कुरामा खुसी छ कि हामीले अफगानिस्तानको मुद्दामा राख्दै आएको अडानलाई आज विश्वले समर्थन गरेको छ ।’

उनले भनेका छन्– पाकिस्तानले आफ्नो जिम्मेवारी सम्भिmएर अफगान शान्ति प्रक्रियामा इमान्दारीपूर्वक भूमिका निर्वाह गरिरहेको छ किनभने शान्त अफगानिस्तान यस पूरै क्षेत्रको स्थिरताका लागि जरुरी छ ।

वार्तासँग सम्बन्धित पक्ष स्थायी शान्ति र राजनीतिक स्थिरताको मार्ग प्रशस्त गर्ने दिशामा अगाडि बढ्नुपर्नेमा पाकिस्तानी विदेशमन्त्री कुरैसीले जोड दिएका छन् ।

प्रकाशित मिति: : 2019-10-04 12:06:35

प्रतिकृया दिनुहोस्