हङ्‌कङमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो, एक जनाको मृत्यु

तस्बिरः एजेन्सी

चीनले कम्युनिस्ट शासन स्थापना भएको ७० औँ वर्षगाँठको उत्सव मनाउँदै गर्दा हङ्‌कङमा भने प्रहरी र प्रदर्शनकारीबीच हिंस्रक झडप भएका छन्।बेइजिङमा भव्य परेडसहित उत्सव मनाएपश्चात् हङ्‌कङमा झडप भएको हो ।

मंगलबार भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार एकजना प्रदर्शनकारीले प्रहरी अधिकारीलाई लट्ठीले प्रहार गरेपछि प्रहरीले उनको छातीमा गोली हानेको छ।

प्रकाशित मिति: : 2019-10-02 11:43:36

प्रतिकृया दिनुहोस्