दशैंको मुखमा दशा : दुबईमा ६ नेपालीको ज्यान गयो सडक दुर्घटनामा

दशैको मुखमा दशा : भनाइ नै छ- दशा बाजा बजाएर आउँदैन । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालीलाई दशै आइरहेको बेला दुबइमा कार्यरत् ६ नेपालीका लागि भने दशा आएको छ । दशा आउनेमा नारायणप्रसाद पोखरेल, दीपक बिक, कृष्णबहादुर पुन, नयराम साउद, रमेश चौधरी र दानबहादुर सत्याल रहेका छन्।

उनीहरूले दुबईको मोहम्मद विन जायद सडकमा सोमबार विहान ४:५४ मा भएको एक सडक दुर्घटनामा ज्यान गुमाए ।

मरर्दिफ सिटी सेन्टरबाट सारजहाँतर्फ जाँदै गरेको उनीहरू चढेको माइक्रो बस लरीमा ठोकिएर यो सडक दुर्घटना भएको थियो । 

फस्ट सेक्युरेटी कम्पनीमा उनीहरूको शवलाई रसिद अस्पतालबाट शवगृहमा सारिएको बताइएको छ । 

दुरघटनामा ६ नेपालीसहित अन्य दुईजनाको पनि ज्यान गएको छ ।

दुर्घटनामा अन्य देशका ६ सुरक्षाकर्मी पनि घाइते भएका छन् । 

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ  दुर्घटना परी अन्य ६ जना घाइते छन्। घाइतेहरु भने नेपाली नागरिक होइनन् ।

नेपाली दूतावासका एक अधिकारीले  उनीहरू नेपालको कुन ठाउँबाट आउका हन् ?, त्यसबारेमा खोजबिन भैरहेको बताए । 

प्रकाशित मिति: : 2019-10-01 04:05:43

प्रतिकृया दिनुहोस्