ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा ‘बागमती वारियर्स– बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५’ सम्पन्न भएको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दुई दिने प्रतियोगिता सम्पन्न भएको आयोजक ललितपुर जिल्ला पावरलिफ्टिङ संघका अध्यक्ष विजय देउलाले जानकारी दिए।
प्रतियोगितामा कूल १३ विधामा प्रतिस्पर्धा भएको थियो। जसमा पुरुषतर्फ ५ र महिलातर्फ ४ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने मास्टर्स र उमेर समूहमा पनि प्रतिस्पर्धा भएको थियो।
पुरुषतर्फ ५९ केजी मुनि, ६६ केजी मुनि, ७४ केजी मुनि, ८३ केजी मूनी र ८३ केजी माथि तथा महिलातर्फ ५७ केजी मुनि, ६३ केजी मुनि, ६९ केजी मुनि र ६९ केजी माथि तौल समूहमा प्रतिस्पर्धा भएको अध्यक्ष देउलाले बताए।