जापानमा पढ्नका लागि आएका राेल्पाकाे सुनिलस्मृत गाउँपालिकाका ४ का धन्मुडाका २६ वर्षीय माधव महरा आफ्नै काेठामा मृत भेटिएका छन्।
उनी मंगलबार (जनवरी ७)मा आफ्नै काेठामा मृत भेटिएकाे रोल्पा समाज जापानका अध्यक्ष गुरूप्रसाद राना मगरले जानकारी दिए।
महरा २ वर्षअघि विद्यार्थी भिसामा जापानमा आएका थिए। जापानको चिवा प्रान्तमा बस्दै आएका उनी केही हप्तादेखि आफ्नो परिवारकाे सम्पर्कमा थिएनन्।
परिवारकाे सम्पर्कमा नआएपछि माधव अध्ययनरत चिवा निक्केन प्राविधिक कलेजलाई परिवारले सम्पर्क गरि खोजिदिन अनुरोध गरेको थियो।
त्यसपछि कलेजकाे समन्वयमा उनी बस्ने काेठामा पुग्दा उनी भित्रबाट ढाेका लग गरेकाे अवस्थामा मृत भेटिएका थिए।
उनले आत्महत्या गरेको खुलेकाे छ।
उनको पार्थिक शरीरलाई परिवारको सल्लाह अनुसार नै जापानमै अन्त्यष्टी गरिने तयारी गरिएको छ।
तर जापानमा अन्त्यष्टीका लागि आर्थिक अभाव भएको राेल्पा समाज जापानका अध्यक्ष राेकाले बताए।
अध्यक्ष राना मगरले आर्थिक सहयाेग गरिदिन पनि अनुराेध गरेका छन्।
पार्थिव शरीरलाई कहिले अन्त्यष्टी गरिने भन्ने अझै टुङ्गाे लागेकाे छैन।
–राेल्पा समाजका अध्यक्ष राना मगर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।