शुक्रबार, ०३ अप्रिल २०२६

आगामी ‘राजनीतिक यात्रा’ बारे छलफलमा भीम रावल

Break n Links
• • •

डडेलधुराका दुई प्रभावशाली नेता पूर्वसांसद कर्ण मल्ल र स्वतन्त्र सांसद् डा. तारा जोशीले एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावलसँग भेटवार्ता गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा सबै जिल्लामा ‘राम्रो प्रभाव’ रहेका ती नेताहरू सोमबार एकाबिहानै नेता रावललाई भेट्न टोखा पुगेका थिए।

भेटवार्ताको क्रममा दुई दशकसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको चुनावी कमाण्डर बनिसकेका मल्ल र एमाले हुँदै ‘स्वतन्त्र सांसद’ बनेका जोशीले रावलको भावी राजनैतिक कदमबारे आफूहरू सकारात्मक रहेको बताएका छन्।

एमालेभित्र विद्रोहको तयारी भइरहेका डडेलधुराका दुई नेताको उपस्थितिले रावल समूहमा थप उत्साह थपेको छ।

‘कर्ण दाइ र तारा दाइ डडेलधुराको कामकाजी नेता हुनुहुन्छ। उहाँहरूले रावल कमरेडलाई समर्थन जनाइरहनुभएको छ। हामीहरू निकै खुसी छौँ,’ रावलनिकट एक केन्द्रीय सदस्यले भने।

अध्यक्ष केपी शर्मा ओलीको ‘कार्यशैली’को आलोचना गर्दा एमालेबाट निकालिएका नेता रावलले आगामी ‘राजनीतिक यात्रा’बारे नेता–कार्यकर्तासँग परामर्श गरिरहेका छन्। 

याे पनि...
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!