सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्नका लागि आदेश दिएको छ।
शुक्रबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई छाड्नका लागि आदेश दिएको हो।
बुधबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेकाे विषयमा कारण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई अदालतमा उपस्थति गराउन आदेश दिएकाे थियाे।
बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो।
मंसिर २७ गते काठमाडाैँ जिल्ला अदालतले साइबर अपराधमा धराैटीमा छाड्न आदेश दिएपनि प्रसाईंलाई प्रहरीले फेरि आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरेकाे थियाे।
उक्त पक्राउकाविरुद्ध प्रसाईंका छोरा नीराजनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
साेही निवेदनमाथि बुधबार सुनुवाइ गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेकाे सर्वोच्चले आज शुक्रबार छाड्नका लागि आदेश दिएकाे छ।