बिएल संवाददाता
राष्ट्रियसभा सदस्य वामदेव गौतमले फोन संवादकाे विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेकाे बताएका छन्।
प्रधानमन्त्री र आफूबीच भएको फोन संवादबारे गौतमले सोमबार एक विज्ञप्ति जारी गर्दै उनले यसलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने तुच्छ कोसिस गरेकाे बताएका हुन्।
केही दिनअघि ओलीले वामदेवले आफूलाई फोन गरेर प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको बताएका थिए। त्यसकाे जवाफ पर्काउँदै उनले आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिन ओलीलाई चुनौती दिएका छन्।
नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई आएकाे र त्यसकाे जानकारी लिन ओलीलाई फाेन गर्दा नलागेपछि उनका स्वकीय सचिव राजेश शाक्यलाई गरेकाे दाबी गरेका छन्।
‘तपाईंको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ। वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो’, उनले भनेका छन्।
गौतमले अघि भनेका छन्, ‘त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु। तु वहाँलाई पठाइदिनोस्। मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ। योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन। फोन नम्बर राजेश कै हो। राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु। यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन।’
यस्ताे छ वामदेवकाे विज्ञप्ति
प्रिय क. केपी ओली !
अभिवादन !!
तपाईंको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ। वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो।
त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु। तु वहाँलाई पठाइदिनोस्। मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ।
योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन। फोन नम्बर राजेश कै हो। राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु। यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन।
क। केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।
वामदेव गौतम
१ पुस २०८१
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया