नेपालको अर्थतन्त्र दबाबमा छ: अर्थमन्त्री पौडेल

Break n Links
Break n Links

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन्।

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबाबमा छ। यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैनौँ। तर अर्को कुरा के हो भने हामी दबाबबाट बाहिर निस्कन खोजिरहेका छौँ। समस्याबाट बाहिर निस्कन खोज्दैछौँ। हाम्रो प्रयासहरु त्यसतर्फ अभिमुख छन् र क्रमश सफलतातिर उन्मुख छौँ। समस्या समाधानका कारण पनि क्रमश प्रभावकारी बन्दैछन्।’

साथै उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरे। उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको बताए।

उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे। राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ।

उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको छ। सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको छ। राजस्व छुटका विषयमा मन्त्रालय होसियार छ र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित छ।’

यसैगरी उनले अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए। उनले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको समेत स्पष्ट पारे। 

प्रकाशित मिति: : 2024-12-11 16:32:00

प्रतिकृया दिनुहोस्