तिहार नजिकिएपछि घट्याे सुन–चाँदीकाे मूल्य

आज सुनकाे मूल्य घटेकाे छ। 

आइतबार १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे सुनकाे मूल्य आज भने ४ सय रूपैयाँले घटेकाे हाे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।  

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोबर भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित मिति: : 2024-10-28 10:50:00

प्रतिकृया दिनुहोस्