सुनको मूल्य स्थिर

File Photo
File Photo

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ। बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोवार भइरहेको छ।  

प्रकाशित मिति: : 2024-10-25 11:48:00

प्रतिकृया दिनुहोस्