करिब एकवर्षदेखि खाली रहेको धितोपत्र बोर्डमा अध्यक्ष पदका लागि सरकारले फेरि प्रक्रिया सुरु गरेको छ। ‘सर्टलिस्ट’मा परेर पनि अघिल्लोपटक अन्तर्वार्तामा नआएकै तीनजनालाई फेरि सरकारले त्यसका लागि बोलाएका हो।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले असोज १८ गते बिहानका लागि उनीहरूलाई कार्योजना प्रस्तुती र अन्तर्वार्ताका लागि बोलाएको छ। सर्टलिस्टमा कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारी छन्। अधिकारी हाल बोर्डकै कार्यकारी निर्देशक छन्। त्यस्तै कार्की नेप्सेका सिईओ हुन् र चापागाईं बिमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्।
यसअघि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारहरूमध्ये सन्तोष नायारण श्रेष्ठले नियुक्ति प्रक्रिय अघि नबढाउन सर्वोच्चमा रिट हालेका थिए। त्यसपछि सर्वोच्चले गत असारमा यो रिटमा अग्राधिकारसहित पेशी तोक्न भनेको थियो। तर यसको पेशी भने माघमा छ।
त्यसपछि सरकारले भने पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो।