जाजरकोटमा पहिरोमा श्रीमान–श्रीमती बेपत्ता, छोरी घाइते

फाइल तस्बिर
फाइल तस्बिर

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले पुरिएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् भने एक छोरी घाइते भएकी छिन्। 

आइतबार बिहान साढे २ बजेतिर आएको पहिरोमा आफ्नै घरमा सुतिरहेका मानबहादुर चलाउने र उनकी श्रमती प्रेमकुमारी चलाउने बेपत्ता भएका हुन्। 

उनीहरूको अहिले खोजी भइरहेको छ। प्रेमकुमारी सोही वडाकी वडा सदस्यसमेत हुन्। 

यस्तै पहिरोमा परी चलाउनेकी छोरी ११ वर्षीया सम्झना घाइते भएको र उनको लिम्सास्थित अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए। 

पश्चिम नेपालमा गयराती अविरल वर्षा भएको थियो। 

प्रकाशित मिति: : 2024-09-08 09:29:00

प्रतिकृया दिनुहोस्