तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

प्रकाशित मिति: : 2024-09-08 08:29:00

प्रतिकृया दिनुहोस्