आम सम्पर्क मञ्चको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा ठाकुर

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चको केन्द्रीय कमिटी पुनर्गठन भएको छ।

लुटकारी, दलाल एवं भ्रष्ट सरकारलाई कर बहिष्कार गर्ने अभियान मञ्चले प्रभावकारी रुपमा अगाडि बढाउने निर्णयसमेत गरेको छ।

काठमाडौँमा भएको एक भेलाबाट मञ्चको केन्द्रीय कमिटी पुनर्गठन गरिएको आजपा उपाध्यक्ष एवं मञ्चका इन्चार्ज बिल्टु यादवले जनाएका छन्। ७९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै मञ्चले लुटकारी सरकारलाई कर बहिष्कार गर्ने उद्घोष गरेको छ।

सरकारले जनताबाट नामै नसुनेका करहरु लिई लुटने कार्य गरिरहेकोले त्यसको विरुद्ध कर बहिष्कारको अभियान चलाउने मञ्चका नवनिर्वाचित अध्यक्ष देवेन्द्र ठाकुरले जनाएका छन्।

सरकारले आफ्नो मातहतको संस्थानहरु डुबाउने, उद्योगधन्दा बेचेर खाने र प्राकृतिक सम्पदाहरुको दोहन गर्नेजस्ता भ्रष्टाचारजन्य कार्यमा लागेको अवस्थामा आम सम्पर्क मञ्चले यसको बिरोधमा कडारुपमा आन्दोलनका कार्यक्रम गर्ने उद्घोष गरेको छ।

मञ्चको इन्चार्जमा बिल्टु यादव, सहइन्चार्जमा किशोरी साह र श्रीनारायण साह, अध्यक्षमा देवेन्द्र ठाकुर रहेका छन्। यसैगरी उपाध्यक्षमा रुपेश लामा, रचना सिवाकोटी, डा.अरुणकुमार साह, चिनीलाल दास, मो.आरिफ महासचिवमा लखिन्द्र साह, उपामहासचिवमा ई.प्रेम साह, रामाशंकर साह सचिवमा राजेश शर्मा, सहसचिवमा लक्ष्मी मगर, विरवल यादव र कोषाध्यक्षमा देवकुमारी साह रहेका छन्।

यसैगरी सदस्यहरुमा दिनकर साह, राजेन्द्र साह, दिपेन्द्र चौधरी, प्रतिमा जयसवाल, खुशीलाल मन्सुरी, कुनाल जयसवाल, रुपेश दास, जाविर हुसैन, मध चौधरी, संजिव साह, रिंकु निराला, बिनोद साह, राकेश साह, इन्दल साह, नन्दलाल यादव, किरण यादव, बबिता साह, उमेश साह, सुनिल साह, सिकिन्द्र पटेल, खहेरु ठाकुर, मनोज यादव, रमेश ठाकुर, अनिल साह, प्रेम खडका, दिल्लु मगर, संजिव चौधरी, मेनुका थापा, राजु खडका, लालबहादुर थापालगायतका रहेका छन्।

प्रकाशित मिति: : 2024-09-03 15:19:00

प्रतिकृया दिनुहोस्