बिएल संवाददाता
गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।
सोमबार सरकार पुर्नगठनका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीबाट वन मन्त्रालयमा पुर्याइदिएपछि राजीनामा दिने बताएका हुन्।
मनाङेले राजीनामा दिने निर्णय गरेको बताउँदै बिएल नेपाली सेवासँग टेलिफोन वार्ताका क्रममा भने, ‘अब मलाई वनमन्त्री दिएको छ, म त्यस्तो बन्छु त? त्यस्तो झारपात सम्हाल्ने मन्त्रालय त एउटा विभाग या कर्मचारीले हेरिहाल्छन् नि!’
उनले वन मन्त्रालयमा कुनै पनि काम नहुने र त्यससँग सम्बन्धित कामहरु कर्मचारीबाटै हुने भएकोले मन्त्री भएर बजेट खर्च गर्नु उचित नहुने बताए।
उनले अब कुनै मन्त्री नबन्ने, सिधै मुख्यमन्त्री बन्ने ठोकुवा गरे। ‘अब यस्ता वनमारा, झारपात स्याहार्ने मन्त्री बन्दिनँ, सधै मुख्यमन्त्री बन्छु,’ मनाङेले यति भनेपछि फोन काटे।
मनाङे मुस्ताङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया