
बिएल संवाददाता
गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।
सोमबार सरकार पुर्नगठनका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीबाट वन मन्त्रालयमा पुर्याइदिएपछि राजीनामा दिने बताएका हुन्।
मनाङेले राजीनामा दिने निर्णय गरेको बताउँदै बिएल नेपाली सेवासँग टेलिफोन वार्ताका क्रममा भने, ‘अब मलाई वनमन्त्री दिएको छ, म त्यस्तो बन्छु त? त्यस्तो झारपात सम्हाल्ने मन्त्रालय त एउटा विभाग या कर्मचारीले हेरिहाल्छन् नि!’
उनले वन मन्त्रालयमा कुनै पनि काम नहुने र त्यससँग सम्बन्धित कामहरु कर्मचारीबाटै हुने भएकोले मन्त्री भएर बजेट खर्च गर्नु उचित नहुने बताए।
उनले अब कुनै मन्त्री नबन्ने, सिधै मुख्यमन्त्री बन्ने ठोकुवा गरे। ‘अब यस्ता वनमारा, झारपात स्याहार्ने मन्त्री बन्दिनँ, सधै मुख्यमन्त्री बन्छु,’ मनाङेले यति भनेपछि फोन काटे।
मनाङे मुस्ताङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद हुन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया