बालेनले ओलीलाई भने- घरेलु कामदारमाथि हिंसा गर्ने तपाईंका सांसद कहिले समाउनुहुन्छ?

Break n Links
Break n Links

काठमाडौं महानगरका मेयर बालेन साहले बालहिंसा गर्ने आफ्ना सांसदलाई कहिले समाउने भनेर प्रश्न गरेका छन्। सामाजिक सञ्जालमा प्रदेस सांसद रेखा शर्माका बारेमा लेख्दै उनले भनेका छन् ‘सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै  एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने?  कि नसमाउने?’

काठमाडौंमै शर्माले एकजना बालिकालाई ८ वर्षदेखि बन्दी बनाएर घरेलु कामदारका रुपमा हिंसा गर्दै आएकी छिन्। महानगरले उनलाई कारबाही अघि बढाउन भने आग्रह गरिरहेको छ। 

उनले सांसद शर्माको तस्विरसहित उनले लेखेका छन्- ‘वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखि बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौं महानगर ले बिगत २ महिना देखि कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा  चलाउ भनेर भनिसकेको छ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण  गरेको मुद्दा छ समाउन लाई भन्दछ। 
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना  दिदै  एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने?  कि नसमाउने?

 

प्रकाशित मिति: : 2024-09-01 19:32:00

प्रतिकृया दिनुहोस्