माओवादीले दियो योगेश भट्टराईमाथि आक्रमण गर्ने धम्की

Break n Links
Break n Links

नेकपा (माओवादी)ले प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचिव योगेश भट्टराईलाई आक्रमण गर्ने धम्की दिएको छ।

सशस्त्र द्वन्द्वलाई हिंसा भनेकोप्रति आपत्त जनाउँदै माओवादी महासचिव गौरवले विज्ञप्ति जारी गरेर आक्रमण गर्ने धम्की दिएका हुन्।

उनले भट्टराईले हिंसा शब्द प्रयोग गरेकोप्रति सार्वजनिक रुपमा माफी नमागेमा जुनसुकैबेला पनि जनकारबाही गर्ने र उनको गृह जिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाइने धम्की दिएका छन्।

साथै विज्ञप्तिमा सत्ताको मातमा जनयुद्धबारे अनावश्यक टिप्पणी गरे जोकाहीलाई पनि नेकपा माओवादीले नछाड्ने र कडा जनकारबाही गर्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति: : 2024-08-30 15:39:00

प्रतिकृया दिनुहोस्