बंगलादेशको इस्लामिस्ट जमात–ए–इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

बंगलादेशको अन्तरिम सरकारले जमात ए इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ। 

जमात–ए–इस्लामी बंगलादेशको मुख्य इस्लामिक पार्टी हो, जसलाई धार्मिक कट्टरवादको रूपमा चिनिन्छ। 

यस पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने क्रममा सरकारले आतंकवादी गतिविधिमा जमात–ए–इस्लामीको संलग्नताको कुनै प्रमाण नभेटिएको बताएको छ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जमात–ए–इस्लामी पार्टीलाई यहूदी विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएकी थिइन्।

जमात–ए–इस्लामी पार्टीलाई बंगलादेशमा विद्यार्थी नेतृत्वको विरोधमा हिंसा भड्काएको आरोप लगाइएको थियो, जुन पछि पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्रोहमा परिणत भयो।

पार्टीले आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपलाई अस्वीकार गरेको छ, जसमा विद्यार्थीहरूले सरकारी जागिरमा आरक्षणको विरुद्ध आवाज उठाएका छन्।

जमात–ए–इस्लामी पार्टीलाई उच्च अदालतले २०१३ मा चुनाव लड्न प्रतिबन्ध लगाएको थियो। त्यसपछि २०१४, २०१८ र जनवरीमा भएको निर्वाचनबाट पार्टी बाहिर रहनुपरेको थियो।

शेख हसिनाको सरकारले अगस्ट १, २०२४ मा पार्टीलाई प्रतिबन्ध लगाएको थियो। तर, चार दिनपछि विद्यार्थी विद्रोहका कारण उनले राजीनामा दिएर बंगलादेश छोड्नुपरेको थियो।

जमात–ए–इस्लामी सन् १९४१ मा बेलायती शासनकालमा स्थापना भएको थियो, सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताको लडाइँमा बंगलादेशलाई स्वतन्त्र राज्यको रूपमा निर्माण गर्ने विरुद्ध अभियान चलाउँदै आएको थियो।

बंगलादेशमा कु’ भएपछि त्यहाँका हिन्दूहरुमाथि आक्रमणकारीले आक्रमण गरे जसको पछाडि जमात–ए–इस्लामी पार्टीको हात रहेको बताइएको छ। तर, जमात–ए–इस्लामी पार्टीका शफिकुर रहमानले बंगलादेशमा हिन्दू समुदायमाथि भएको आक्रमणमा आफ्नो पार्टी संलग्न नभएको बताएका छन्।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार उनले जमात–ए–इस्लामी पार्टीको छवि बिगार्नका लागि यस्ता कुराहरू भइरहेको बताए।

प्रकाशित मिति: : 2024-08-29 07:30:00

प्रतिकृया दिनुहोस्