हेटौंडाको एक होटलमा महिलाको शव फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ।

मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।

स्थानीयवासीले बताएअनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी भएकाे थियो। आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको प्रहरीले जनाएकाे छ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ। प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2024-08-26 15:56:00

प्रतिकृया दिनुहोस्