रामेछापमा पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ।
शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको हाे।
मृत्यु हुनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठ रहेका छन्।
प्रहरीक अनुसार पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको छन्। अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पहिरोले ४ वटा घर तथा शैलुङ- २ र ३ जोड्ने पक्की पुल बगाएको छ।