नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानविरुद्ध एकाेहाेरो रुपमा कोही लागेको छ भने ती हुन् रमेश खरेल। खरेल कुलमान जस्तै नेपाल सरकारका पूर्व सरकारी जागिरे हुन्।
उनी प्रहरीको डिआइजी भएर अवकाश भएका थिए। अवकाशपछि उनी सामाजिक अभियान्ताकारुपमा आफूलाई चिनाइरहेका छन्। दुई पटक निर्वाचनमा उठेर पराजित भएपछि अहिले टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएर आफूलाई उभ्याएका छन्।
खरेल २०७९ को आम निर्वाचनमा नेपाल आमा पार्टीबाट काठमाडौँ-१ बाट पराजित भएका थिए। त्यसपछि फागुन २०८० मा भएको उपनिर्वाचनमा आमा पार्टी छाडेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर बारा-२ मा निर्वाचन लडेको भए पनि हारेका थिए।
त्यसपछि उनी कार्यक्रम प्रस्तोता भएर एक टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका छन्। उनले ‘जनता जनार्दन’ कार्यक्रमबाट कुलमानविरुद्ध एकाेहाेरो लागिरहेका छन्। उनले कुलमानकाविरुद्ध बनाएका करिब दर्जन कार्यक्रम उनकै फेसबुटमा भेटिन्छन्।
कुलमानले भ्रष्टाचार गरेको कार्यक्रममा भनिएको छ। अन्तत: खरेल कार्यक्रम बनाउँदा बनाउँदै आफैँ उजुरी लिएर अख्तियारमा पनि पुगेका छन्। मंगलबार उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।
आफैँ सञ्चारकर्म गर्ने र आफैँ अख्तियारमा पुग्ने यो प्रवृतिले उनी सञ्चारकर्म गरेका छन् कि अरु केही धन्धा? भन्ने प्रश्न उठिरहेको छ।