सहकारी प्रकरण: छानबिन समितिमा तामाङ र राईसँग सोधपुछ

Break n Links
Break n Links

संसदीय सहकारी छानबिन समितिमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात समितिका सभापति सूर्य थापाले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिए।

‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुईजना व्यक्तिसँग सोधपुछ गरियो। त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङसँग सोधपुछ गरेका छौँ। दोस्रो, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौँ’, उनले भने।

ऋणिहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिन्छ दुवैको धारणा रहेको पनि उनले जानकारी दिएका छन्।

यसको साथै, लालीगुराँस र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको पनि उनको भनाई छ।

प्रकाशित मिति: : 2024-08-09 17:43:00

प्रतिकृया दिनुहोस्